चितवन, असार २० – भ्याली स्टेट कलेज भरतपुरमा शेयर बजार, बैंकिङ तथा बिमा सम्बन्धी बिशेष अन्तकृया सम्पन्न भएको छ । कलेज पेरिसरमा सम्पन्न बिशेष अन्तकृयामा शेयर बजार, बैंकिङ तथा बिमाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सम्बन्धित क्षेत्रका बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा रबिन्द्र घिमिरेले युनेस्कोको साकारात्मक पक्षहरु बारे चर्चा गरेका थिए । कार्यक्रममा युनियन लाइफका क्षेत्रीय व्यवस्थापक आई आर सुवेदीले शेयर बजार, बैंकिङ तथा बिमाको व्यवहारिक प्रयोग बारे प्रकाश परेका थिए । यस्तै उने त्यसबाट हुने फाईदा बारे पनि जानकारी गराएका थिए ।
नेपाली शेयर बजारका बिज्ञ सन्तोषराज बजगाईले विद्यार्थीहरुलाई शेयर बजारमा कसरी प्रवेश गर्ने र शेयरको कारोबार कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिएका थिए । कुमारी बैंक नारायणगढका प्रवन्धक भुपेन्द्र खड्काले बैंकिङ प्रणाली, डि म्याट तथा अन्य खाता कसरी खोल्ने भन्ने बारे जानकारी दिएका थिए । रोज गार्डेन पार्टी प्यालेसमा भएको कार्यक्रम कलेजका निर्देशक बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।


