फोहोर व्यवस्थापन र करेसाबारी सुधारका लागि तालिम

एटुजेड समाचार

भरतपुर, असार १८ – भरतपुर १० महाकालेश्वर र प्रगतिपथ टोल विकास संस्थाले संयुक्त रुपमा आफ्ना टोलबासीहरुलाई फोहोर व्यवस्थापन र करेसाबारी सुधार तालिम दिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १० को सहयोगमा भएको तालिममा टोलका ५० जना महिलाहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा प्रशिक्षक रामचन्द्र भण्डारीले फोहोर व्यवस्थापनको बारेमा प्रशिक्षण दिएका थिए भने तुलसी ज्ञवालीले करेसाबारी सुधार तथा कौसी खेती बारे प्रशिक्षण गरेकी थिइन् । भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी प्रमुख अतिथी रहेको उक्त तालिममा भण्डारीले फोहोर व्यवस्थापनमा चुनौती भएको र यसलाई चाडै समाधान गर्न महानगरले ल्याण्डफिल्ड साईड निर्माण गर्न लागेको र त्यसको डिपिआरको लागि सम्झौता गरिसकिएको बताए ।

छिट्टै महानगरलाई स्वच्छ र सफा वातावरण बनाउने समेत भण्डारीले बताए । तालिममा प्राङगरिक मल बनाउने तरिका, अर्गानिक खेती गर्ने तरिका, फोहोरबाट आम्दानी गर्नसक्ने तरिका , विउ बनाउने तरिका, लगायत कौसी खेती गर्ने तरिका बारे जानकारी दिइएकाे थियाे । तालिममा भरतपुर महानगरपालिका वातावरण शाखाकी अधिकृत सुशिला रेग्मीको उपस्थिति रहेको थियो। दुवै टोलका अध्यक्ष पार्वती खनाल र रमा लौडारीको संयुक्त सभापतित्वमा कार्यक्रम सन्चालन भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु