बालबालिकामा बढ्दो रक्त क्यान्सर : जति धेरै प्रविधि ,उति धेरै चुनौति
सूर्यप्रसाद अधिकारी, असार ९, चितवन । पछिल्लो समय रक्त क्यान्सर हुने बालबालिकाको संख्या बढेसंँगै उपचार गर्न आउने संख्यामा समेत बृद्धि हुदै गएको छ ।
केही बर्षअघिसम्म प्रविधि र औषधीको अभावमा यसको उपचार यहांँ नहुने गरेपनि , हाल आएर रक्त क्यान्सर हुने बालबालिकाहरु उपचार गर्न आउने संख्यामा बृद्धि भएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पांँच बर्षअघिमात्र रक्त क्यान्सरका बालबालिकाहरु नगन्य मात्रमा आएपनि हाल अस्पताललमा दैनिक ५० जना भन्दा बढी जचाउंँन आएका छन । अस्पतालको बाल रक्त क्यान्सर विभागमा २८ जना बालबालिका भर्ना भएर उपचार गराइराखेका छन । बच्चाहरुमा हुने क्यान्सर अन्य क्यान्सर भन्दा बढी संवेदनशील हुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकोले यो बढी चुनौति भएको बिशेषज्ञ डाक्टरहरु बताउंँछन ।
अस्पतालका बालरोग एवं रक्त क्यान्सर बिशेषज्ञ डाक्टर कृष्णसागर शर्मा जति बढि प्रविधिको विकास हुदै गयो उत्ति बढी बालबालिकामा हुने रक्त क्यान्सर चुनौति रहेको बताउनुहुन्छ । ‘शरीरका अन्य भागमा क्यान्सर हुंदा त्यो भागमा मात्रै असर हुन्छ , उहांँले भन्नुभयो, रक्तक्यान्सर भया ेभने यसले सबै अंगमा असर पार्छ ।’ अस्पतालमा उपचार सहज भए संँगै विरामीको संख्यामा समेत बृद्धि भएको उहांँको भनाई छ । केहीबर्ष अघिमात्र बच्चामा रक्त क्यान्सर देखिएमा अस्पतालबाट बिरामी फिर्ता गरिएपनि , अहिले औषधी र प्रविधिको उपलब्धता भएसंँगै उपचार गर्न आउनेको संख्यामा बृद्धि हुदै गएको हो । ‘एकत बालबालिकामा अस्पतालमा निशुल्क उपचार गरिन्छ , अर्को कुरा औषधी र प्रविधिपनि उपलब्ध छन’ उहांँले भन्नुभयो । उहांँका अनुसार नेपालमा १हजार पांँचसय भन्दा बढी बालबालिकामा रक्त क्यान्सर भएको अनुमान गरिएको छ । जसमध्ये आधाजति मात्र अस्पतालको सम्पर्कमा आउने गर्छन ।
२० प्रतिशत बालबालिकालाई बचाउनै मुश्किल
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने २० प्रतिशत रक्त क्यान्सर बालबालिकालाई बचाउन मुश्किल परेको अस्पतालले बताएको छ । अस्पतालका बिशेषज्ञ डाक्टरका अनुसार कतिपय बिरामी ढिलो आउने, आएपनि नियमित उपचार र औषधी प्रयोग नगर्ने गरेका कारण उनीहरुलाई बचाउन नसकिएको हो । डाक्टरहरुका अनुसार बालबालिकामा मुख्यतया ३ प्रकारका रक्त क्यान्सर एएलएल , एएमएल र सिएमएल गरी तीन प्रकारका रक्त क्यान्सर देखिएका छन । ती मध्ये अधिकांश बालबालिकामा एएलएल प्रकृतिको रक्त क्यान्सर हुने गर्दछ । यो प्रकृतिको रोग चाडैनै निको हुने र शतप्रतिशत उपचार सफल हुने अस्पतालको दाबी छ ।
डाक्टरका अनुसार उक्त विभागमा २३ जना एएलएल, एएमएल ३ जना र सिएमलका विरामी एकजना मात्र छ । एएलएल रक्त क्यान्सर प्रभावित विरामीको शत प्रतिशत उपचार सफल भएपनि अन्य प्रकारका रक्त क्यान्सर प्रभावित बालबालिकाको यहांँ शतप्रतिशत सफल उपचार हुन नसक्ने डाक्टर शर्माले बताउनु भयो । रक्त क्यान्सर गर्ने अधिकांश उपचार सम्भव नभएपनि बोनम्यारो ट्रान्सप्लान्ट सुविधा अस्पतालमा उपलब्ध छैन । यस उपचारको लागि विदेशनै जानुपर्ने उहांँको भनाई छ ।
तपाइँको प्रतिक्रिया