नेपाल आजका प्रबन्ध निर्देशकलाई आफु सँग लाइभ कुरा गर्न रवि लामिछानेको चुनौती

काठमाडौं, असार ०७ – न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले नेपाल आजका प्रबन्ध निर्देशक माधव प्रसाद गुरागाईलाई नभाग्न चुनौती दिएका छन् । लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरा बिच कुटाकुट भएको र त्यस घटना पछी प्रोड्युसर बोहराले उनको साथ छोड्न लागेको भन्ने समाचार प्रकाशन भए पछी त्यसको खण्डन गर्दै उनले नेपाल आजका प्रबन्ध निर्देशक गुरागाईलाई नभाग्न चुनौती दिएका हुन् । लामिछानेले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त खबर भ्रमपुर्ण भएको बताएका छन् ।
उक्त समाचार प्रकाशन भए पछी आफुले नेपाल आजका आजका प्रबन्ध निर्देशक गुरागाईलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको र पछी मोबाइल नै अफ भएको लामिछानेले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् । उनले लेखेका छन् – ‘उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका कार्यक्रम प्रोडुसर मेरो प्रिय भाइ दिपक बोहरा र म बीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ?उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला ।’
यस्तै लामिछानेले यो आरोप बारे लाइभ कुरा गर्न समेत चुनौती दिएका छन् । ‘मध्य रातमा प्रहरिको कुटाई खाएर रिपोर्टिङ गर्ने मरो रिपोर्टरलाई तपाईंले लगाउनु भएको आरोपका बारे तपाइँसङ लाईभ कुरा गर्न ४ पटक कल र म्यासेज गरि सके। न भाग्नुहोला,आज लाईभ कुरा गरौ।अथार्थ सुनेर जिब्रो टोक्ने कि हामीलाई गरेको गाली गलौज सहितका कमेन्टहरु मेट्ने,आजको कार्यक्रम पछि निर्णय लिनुहोला – उनले लेखेका छन् ।
यसै बिच उक्त समाचार प्रकाशन भए पछी कार्यक्रम ‘सीधा कुरा जनतासँग’ का प्रोड्युसर दीपक बोहोराले पनि त्यसको खण्डन गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले लामिछाने र आफ्नो झगडा भएको भन्दै गलत प्रचार गरिएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया