नारायणी किनारमा प्रथम राष्ट्रिय बिच पुरुष कबड्डी शुरु, पहिलो दिन ११ खेल सम्पन्न

चितवन, असार ०६ – चितवनको नारायणगढमा रहेको नारायणी नदी किनारमा प्रथम राष्ट्रिय बिच पुरुष कबड्डी प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा नारायणी नदी किनारमा नेपालमै पहिलो पटक बिच कबड्डी प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन बिभिन्न ११ खेल सम्पन्न भएको अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष बिरेन्द्र कुमार यादवले ए टु जेड समाचारलाई जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा प्रदेश नम्बर ३ दिन बिजयी भयो । प्रदेश ३ ले प्रदेश ७ लाई ४१-३९ को सेटमा पराजित गर्यो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा शशस्त्र प्रहरीको एपिएएफलाई ४५-१५ को सोझो सेटमा पराजित गर्यो ।
आजको तेस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश १ का ४२-३१ ले पराजित गर्दा चौथो खेलमा प्रदेश ५ ले नेपाल पुलिसलाई ४७-२८ ले पाखा लगायो । यस्तै आजको पाचौँ खेलमा गण्डकी प्रदेशले प्रदेश प्रदेश ७ लाई २७-२५ ले पाखा लगाउदा छैटोँ खेलमा प्रदेश २ ले नेपाल पुलिसलाई ३३-२५ ले पराजित गर्यो ।
सातौ खेलमा प्रदेश ३ ले प्रदेश १ बिरुद्द कठिन जित निकाल्यो । उक्त खेलमा प्रदेश ३ ४२-४१ ले बिजयी भयो । आजै सम्पन्न आठौ खेलमा प्रदेश ५ ले एपीएफलाई ३७-२६ तथा दशौँ खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ३०-२९ को कठीन सेटमा पराजित गर्यो । आजको नवौँ खेलमा एपीएफले पुलिसलाई ५४-१८ ले स्तब्ध बनायो भने अन्तिम खेलमा प्रदेश ७ ले प्रदेश १ लाई २३-२० ले पराजित गर्यो ।
समय अभावको कारण आजको १ खेल भने हुन सकेन । लिग चरणको १ खेल भोली बिहान ८ बजे हुनेछ र उक्त खेल पछी सेमिफाइनल पुग्ने सबै टोलीको टुङगो लाग्ने आयोजकले जनाएको छ । यस्तै भोली नै फाइनल प्रवेशको लागि खेल हुने र उपाधी भिडन्त पनि भोली नै हुने बताईएको छ ।देशभरबाट १० टोलीको सहभागीता रहने भनिएता पनि त्रिभुवन आर्मी र प्रदेश ६ बिशेष कारण सहभागी नभए पछी ८ टोली बिच प्रतिस्पर्धा भएको हो ।
तपाइँको प्रतिक्रिया