बिप्लवद्वारा असार १० गते नेपाल बन्दको आव्हान

एटुजेड समाचार

काठमाडौं, असार ०६ – नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले असार १० गते नेपाल बन्द आव्हान गरेको छ । सर्लाहीमा आफ्ना कार्यकताको हत्या भएको भन्दै विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको हो ।

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै उसले बन्दको आव्हान गरेको हो । जारी विज्ञप्ति सर्लाही इञ्चार्ज कुमार पौडेललाई पक्राउपछि यातना दिएर हत्या गरिएको आरोप लगाईएको छ । पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको उसको आरोप रहेको छ । यस्तै उसले घटनाको छनबिन गरी दोषीलाई कारबाहीको माग पनि गरेको छ । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित जंगलमा प्रहरीसँगको भिडन्तमा विप्लव माओवादीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

यस्तै बिप्लव समुहले हत्याको बिरुद्दमा संघर्षको कार्यक्रमको घोषणा गरेको छ । उसले असार ७ गते प्रचार प्रसारको कार्यक्रम घोषणा गरेको छ भने ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम घोषणा गरेको छ । असार ९ गते मसाल जुलुस तथा १० गते नेपाल बन्दको घोषणा गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु