नवलपरासीमा पनि अन्तराष्ट्रिय योग दिवस मनाइयो

सहबान अन्सारी,असार ६, नवलपरासी,आज ५ औं अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न्न कार्यक्रम गरि मनाईएको छ। त्यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीको जन जागृती मा।वि।को प्राङ्गणमा आज गाउँपालिका स्तरिय योग समारोह सम्पन्न भएको हो।
आयुर्वेद औषधालय् गुठी परसौनीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा उक्त समारोह सम्पन्न भएको थियाृे ।
वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको अध्यक्षता तथा गाउँपालिका प्रमुख राज कुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा कादिर अन्सारी,बृजराज कुशवाहा,केशव अधिकारी,दिलिप गुप्ता लगायतहरुले बोल्नु भएको थियो।
समारोहमा प्रतापपुर गाउँपालिकाका करिब ४०० मानिसहरुको सहभागिता रहेको थियो।
समारोहमा प्रशिक्षण दिनबन्धु मिश्रले दिनु भएको थियो।
सन २०१५ साल २१ जुन को दिन देखी अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आईएको छ ।
तपाइँको प्रतिक्रिया