४२ जना चेपागं बालबालिकाको उद्धार, घटनाको बिषयमा थप अनुसन्धान

असार ५, चितवन। गोरखा लैजान भन्दै ल्याइएका चेपागं समुदायका बालबालिकालाई उद्धार गरिएको छ । राप्ती नगरपालिका वडा नं। १३ कालिटार भन्ने स्थानबाट बिहिबार राति गोरखा लैजान भन्दै ल्याइएका ४२ जना बालबालिकालाई उद्धार गरि राप्ती नगरपालिका परिसरमा राखिएको छ । बालबालिका कुन प्रयोजनको लागिकसले किन गोरखा लैजान खोजिएको हो भन्ने प्रस्ट खुल्न सकेको छैन । पढाउनका लागि भनिए पनि आफुहरुलाई स्पष्ट थाहा नभएको बालबालिकासँगै आएका अभिभावकहरुले बताएका छन ।
बालबालिका लैजान वडा तथा नगरपालिकाबाट अनुमति नलिएको पाइएको छ । बालबालिका कसले र किन लान खोजिएको भन्नेबारे अनुसन्धान भइरहेको छ । यसअघि बिहिबार नै जिल्ला प्रहरी कार्यालय चितवनले पनि भरतपुरबाट ४१ जना बालबालिकाको उद्धार गरेको थियो । सबै राप्ती १३ को बिकट क्षेत्र कालिटारबाट ल्याइएको बुझिएको छ । बालबालिकालाई पढाउनका लागि गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिला आधारभुत बिद्यालयमा लैजाने क्रममा नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राप्ती १३ का वडा अध्यक्ष सुर्य बहादुर चेपागंको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया