असार ०४ – बंगलादेशको अवहानी लिमिटेडसँग फराकिलो हार व्यहोर्दै नेपालको क्लब मनाङ मर्स्याङ्दी क्लब एक खेल अगावै एएफसी कप फुटबलबाट बाहिरिएको छ ।प्रतियोगिता अन्तर्गत बुधवार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा घरेलु टोली ढाका अवहानी लिमिटेडसँग ५–० को फराकिलो अन्तरले पराजित हुदै मनाङ प्रतियोगिताबाट बाहिरिएको हो ।
मनाङले खेलको पहिलो हाफमा २ गोल खाएको थियो भने थप ३ गोल दोस्रो हाफमा खायो ।अवहानी लिमिटेडलाई जिताउन मोहम्मद नविब नेवाज जीवनले खेलको ११ औं मिनेटमा गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा अवहानीले अर्को गोल गर्दै अग्रता दोब्बर बनायो ।
दोस्रो हाफमा मनाङको खेल झनै खस्कियो । मनाङले खेलको ६३ औं, ७५ औं र खेलको अतिरिक्त समयमा गोल खादै ५–० गोलको फराकिलो हार व्यहोर्न वाध्य भयो ,समूह ‘ई’ मा रहेको मनाङले ५ खेलमध्ये तीन खेलमा हार र दुई खेलमा बराबरी गर्दै जम्मा दुई अंक बटुलेको छ ।


