हुम्ला जीप दुर्घटना : आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई

एटुजेड समाचार

हुम्ला, असार ०३ – हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ कैलाबालु भन्ने ठाउँबाट लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप दिउँसो कर्णालीमा खसेको हो । जीप दिउँसो नदीमा खसेको भए पनि जीपमा कति जना थिए भन्नेबारे अहिलेसम्म पनि खुल्न सकेको छैन ।

नदीमा खसेकाहरुको उद्दार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।उद्दारका लागि स्थानीय प्रहरी घटनास्थल पुगेको भए पनि आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई भएको उनले बताए । कर्णालीकाे पानी चिसाे भएकाले स्थानीय उद्दारकर्मी पनि नदीमा पस्न नसकेकाे रावलले बताए ।

नदीमा हराइरहेकाहरुको तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकाले आफूहरुले केन्द्रमा यसबारे जानकारी दिएको दुर्घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीमराज शाहीले बताए ।उद्दारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिमप्राप्त उद्दारकर्तासहित आउने भन्दै फर्केको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु