संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न हुन्न – कर्ण

काठमाडौं, असार ०३ – राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताएका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले विपक्षी दलले समय मागेपछि उपलब्ध गराइनुपर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गरे । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उनले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गरे ।
उनल भने – ‘प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपर्थ्याे, नसुनेको कारणले गर्दा संसको अवस्था यस्तो भयो । रोष्ट्रम घेरियो । स्थगित पनि भो । प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन । कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए । त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ । बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छदै थियो नि । प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन ।’
तपाइँको प्रतिक्रिया