कोपा अमेरिकामा उरुग्वेको फराकिलो जित

असार ०२ -उरुग्वेले कोपा अमेरिका फुटबलको पहिलो खेलमा फराकिलो जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत समूह सी को खेलमा उरुग्वेले इक्वेडरलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे । त्यस्तै, एक गोल भने उपाहारस्वरुप पाएको थियो ।
खेलको छैटौं मिनेटमा नै उरुग्वेले अग्रता लिएको थियो । उसका लागि निकोलसले पहिलो गोल गरेका थिए । पहिलो हाफमा नै उरुग्वेले अग्रता दोब्बर बनायो । खेलको ३३ औं मिनेटमा काभानीले गोल गरेपछी उरुग्वेले अग्रता दोब्बर बनायो । पहिलो हाफको अन्त्य तिर उरुग्वेले फेरी अर्को गोल गर्यो । खेलको ४४औं मिनेटमा स्वारेजले गोल गरेपछि उरुग्वेले पहिलो हाफमा नै ३-० को फराकिलो अन्तर कायम गर्यो ।
पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७८औं मिनेटमा इक्वेडरका आर्टुरो मिनाले आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० गोलको बिजयी भयो ।एजेन्सी
तपाइँको प्रतिक्रिया