फेरी इन्फान्टिनो नै फिफाको अध्यक्ष

एटुजेड समाचार

जेष्ठ २२ -विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् । फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालको लागि सर्वसम्मतले निर्वाचित गरेको हो । ४९ वर्षीय इन्फान्टिनो आगामी चार वर्षे अर्थात सन् २०२३ सम्म फिफाको अध्यक्ष रहने छन् ।

सन् २०१५ मा भ्रष्टाचारको आरोपमा तत्कालिन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि फिफाको अध्यक्षमा इन्फान्टिनो चुनिएका थिए । उनी फिफाको अध्यक्षमा निर्वाचित भएलगतै केही महत्वाकांक्षी योजना पेश गरेका थिए ।

ती महत्वकांक्षी योजनामध्ये सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ पुरर्‍याउने पनि एक हो । २०२२ मा कतार हुने विश्वकप देखि नै ४८ राष्ट्र पुर्‍याउने भनिएता पनि पुरा हुन सकेन ।फिफा कंग्रेसमा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामा गएका थिए ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू