पटवाल नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौंजेष्ठ १९ – भारतका उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच पटवाललाई औपचारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनी जुन १० देखि टोलीको मुख्य प्रशिक्षक सम्हाल्नेछन् । उनको सम्झौता सन् २०२० जुन १० तारिख सम्मको रहेको छ ।उनको मासिक तलव ७ हजार अमेरिकी डल रहेको छ । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले व्यहोर्नेछ ।
पटवालले यस अघी नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरिसकेका छन् । थिए । घरेलु भूमिमा आगमी मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । प्रशिक्षक पटवालले सुरुवातमा साग खेल्ने नेपालको यू–२३ टिम हेर्नेछन् ।
तपाइँको प्रतिक्रिया