१३ औं दक्षिण एसियाली खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं,बैशाख ३० – नेपालको पोखरा र काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रममा बिच युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक लोगो शान्तिको प्रतीक मानिने परेवाको आकृतिमा डिजाइन गरिएको छ । लोगोले सार्क मुलुकहरु बिचको एकता र भाइचाराको सन्देश बोकेको छ । उता सोमबार नै सार्वजनिक भएको मस्कोटमा भने कृष्णसारको प्रतीक राखिएको छ ।
डिसेम्बर एक तारिखदेखि १० तारिखसम्म आयोजना हुने सागको लोगो र मस्कट दुबै भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । डिजाईन गरेको लोगो तथा मस्कट अन्य ४ जनालाई पछी पार्दै उत्कृष्ट चुनिएको हो । उत्कृष्ट लोगो र मस्कट बनाएका पौडेललाई नगद एक लाखसहित सम्मान गरिएको छ ।
तपाइँको प्रतिक्रिया