बार्सिलोना बिरुद्द लिभरपुलको उत्कृष्ट कमब्याक

बैशाख २४ – बार्सिलोनाविरुद्धको दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै युईएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ । गए राती भएको खेल स्पेनिस क्लब बार्सिलोनालाई ४-० ले पराजित गर्दै लिभरपुलमा फाइनलमा स्थान बनाएको हो । गए रातीको जित सँगै लिभरपुलले समग्रमा नतिजा ४-३ ले आफ्नो पक्षमा बनायो ।
यस अघी नाउ क्याममा भएको खेलमा बार्सिलोना ३-० ले बिजयी भएको थियो । तर दोस्रो लेगमा त्यो अग्रता जोगाउन नसक्दा बार्सिलोना सेमिफाइनलबाटै बाहिरिन वाध्य भयो
लिभरपुललाई उत्कृष्ट कमब्याक गराउदै जित दिलाउन डिभोक ओरिगी र जर्जिनियो विज्नाल्डुम नायक बने । उनीहरू दुवैले समान २–२ गोल गरे ।लिभरपुलले खेलको सातौं मिनेटमा नै ओरिगीलेको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा लिभरपुल १-० ले अघी रहेको थियो ।
दोस्रो हाफमा उसले थप ३ गोल गर्यो । ५४औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसको २ मिनेट लगत्तै उनैले व्यक्तिगत दोस्रो गोल गरेर लिभरपुललाई ३-० को अग्रता दिलाए ।खेलको ७९औं मिनेटमा ओरिजीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए । अन्त्य तिर बार्सिलोनाले अवे गोल गर्दै नतिजा आफ्नो पक्षमा बनाउने प्रयास गरे पनि सफल भएन ।एजेन्सी
तपाइँको प्रतिक्रिया