पाकिस्तान बिरुद्दको टी ट्वान्टी खेलमा इंग्ल्यान्ड बिजयी

बैशाख २३ – पाकिस्तान बिरुद्दको टी ट्वान्टी खेलमा इंग्ल्यान्डले सहज जित हात पारेको छ । घरेलु मैदानमा भएको एक मात्र खेलमा इंग्ल्यान्ड ७ विकेटले बिजयी भएको हो । पाकिस्तानले दिएको १ सय ७४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले ४ बल अगाडीनै ३ विकेटको क्षतिमा पुरा गर्यो ।
इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले नटआउट ५७ रन बनाए । उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै जेम्स भिन्स ३६, जो रुट ४७ रनमा आउट भए । जो डेनली २० रनमा अविजित रहे । पाकिस्तानका लागि हसन अली,इमाद वासिम र शाहिद साह अफ्रिदीले समान १ विकेट लिए ।
त्यस अघि जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर बाबर आजमले ६५ रन बनाए । ४२ बल खेलेका आजमले ५ चौका र ३ छक्का प्रहार गरे ।ह्यारिस सोहेलले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै इमाद वासिम १८ तथा फहिम असरार्फ १७ रन बनाएर पेभिलियन फर्किए ।इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले २,टम करन र क्रिस जोर्डनले समान १ विकेट लिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया