बैशाख २२ – नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते सोमबार नेपाल बन्दको आह्वान गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । जारी विज्ञप्तिमा प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरिएको छ ।
सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेको भन्दै २३ गते सोमबार नेपाल बन्दको आह्वान गरिएको विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा भनिएको छ – ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् ।’


यस्तो छ विज्ञप्ति :