बैशाख १७, चितवन । नारायणी टुडे राष्ट्रिय मासिकको १९ औ बार्षिकोत्सवमा अवसरमा नारायणगढमा आयोजित अन्तर संचार गृह हाजिरी जवाफ प्रतियोगितामा कालिका एफ एम प्रथम र ड्रिम्स दैनिक दोस्रो भएका छन ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कालिका एफमले ६० अंक प्राप्त गरेको थियो भने ड्रिम्स दैनिकले ५५ अंक प्राप्त दोस्रो स्थान हासिल गरेको हो । ड्रिम्स दैनिकले प्रथम स्थान हासिल गर्न सम्भावना बढेपनि क्वीज मास्टरको असावधानिका कारण ड्रिम्स दैनिकले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । ९ वटा सञ्चार गृहका पत्रकारहरु बीच सहभागी भएको कार्यक्रममा तेस्रो स्थानमा कालिका टीभी, चौथो रेडियो माडी र पांँचौ स्थानमा कायाकैरन रहन सफल भएका छन । कार्यक्रममा सहभागी समुहलाई ६ राउण्डमा प्रश्न सोधिएको थियो । पुरस्कारको कुल धनराशी १ लाख १५ हजार रुपैयांँ रहेको थियो ।
सो अवसरमा विपन्न समुदायको हकहितको लागि कलम चलाएको भन्दै पत्रकार महासंघ, चितवन शाखाका उपाध्यक्ष शान्ता अधिकारीलाइृ नगद पुरस्कार १० हजार सहित कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले पत्रकारलाई आफ्नो क्षमता देखाउने यो राम्रो अवसर भएको बताउनु भयो । सबै व्यक्ति सबै कुरामा निपुर्ण नहुने भन्दै उहांँले यस्ता प्रतियोगिताले हरेक बिषयमा जानकारी पाउने अवसर मिलेको बताउनु भयो ।
कार्यक्रममा उवासंघ, चितवनका अध्यक्ष सहनलाल प्रधान, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, महासंघका चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा ,प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दिपक आचार्य मञ्जु खांँड , लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको क्वीज मास्टर्सको भूमिकामा उपेन्द्रबाबु त्रिपाठी हुनुहुन्थ्यो भने कार्यक्रमको सहजीकरण नारायणी टुडेका प्रकाशक सम्पादक विरेन्द्रमणी पौडेलले गर्नुभएको थियो । कार्यक्रम नारायणी टुडेका सल्लाहकाकार बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

