काँग्रेसको जागरण अभियान सर्यो

बैशाख ११,चितवन ः नेपाली काँग्रेस चितवनले आज बुधबारदेखि सुरु गर्न लागेको एकमहिने जागरण अभियान स्थगित गरेको छ ।
काँग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि अभियान स्थगित गरिएको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनुभयो । जसअनुसार यो अभियान बैशाख २५ गतेको लागि सारिएको छ ।
केन्द्रीय समितिको निर्णय अनुसार जिल्लाका सबै तहमा पार्टीको झण्डा तीन दिन झुकाइने छ । पार्टीको अर्को निर्देशन नआएसम्म कार्यक्रम स्थगित गरिएको हो । पार्टीको यसअघिको निर्णय अनुसार काँग्रेस प्रतिनिधिहरु हरेक जिल्लामा पुगिसकेका थिए । सोही अनुसार चितवनमा पनि प्रतिनिधि रमेश लेखक आइसक्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया