आइपिएलले मेरो जीवन परिवर्तन गरिदियो – सन्दीप

बैशाख ९ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्नो जीवन परिवर्तन गरेको बताएका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन आइपिएल खेलिरहेका सन्दिपले आफुले धेरै कुरा सिक्न पाएको र यसले आफ्नो जीवन नै परिवर्तन गरेको बताएका छन् ।
सन्दीपले गत शनिवार पन्जावविरुद्ध ४ ओभरमा ४० रनखर्चेर ३ विकेट लिएका थिए । उनले विश्व क्रिकेटमै विष्फोटक ब्याट्सम्यान गर्ने गेल सँगै के एल राहुल र इंग्ल्यान्डका युवा अलराउण्डर साम करनलाई आउट गरेका थिए ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले भने ‘आईपीएलबाट धेरै सिकीरहेको छु । म नेपाली क्रिकेट प्रति आभारी छु । नेपाली क्रिकेटमा राम्रो गरेकै कारण गतवर्ष दिल्लीले टोलीमा अनुबन्ध गरेको थियो । आईपीएल खेलेदेखि कहिले पनि पछि फर्केर हेर्नु परेको छैन ।’सन्दीपलाई ५ खेलमा ८ विकेट लिईसकेका छन् ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया