माडीमा लाग्ने गोद्धक मेला शुक्रबार मात्र उद्घाटन हुने

माडी, चैत्र २८ – माडीको धार्मिक एवं पर्यटकीय स्थल गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा बर्सेनि चैतेदशैं रामनवमीको अवसरमा आयोजना हुने गोद्धक मेलाको शुक्रबार उद्घाटन हुने भएको छ । गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलाको उद्घाटन कार्यक्रम भोलि चैत २९ गतेका लागि सारिएको हो ।
यस अघि चैत २८ गतेबाट मेला सुरु गर्ने तयारी गरिएको भएतापनि बिबिध कारणवस १ दिन पछि धकेलिएको मेला संयोजक एवं माडी नगरपालिका २ का वडा अध्यक्ष इश्वरी प्रसाद ढकालले जानकारी दिए ।
भोलि दिउँसो १ बजे एक भव्य समारोहका बीच माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेला भोलिबाट सुरु भएर बैशाख २ गते सम्म संचालन हुनेछ ।
तपाइँको प्रतिक्रिया