रत्ननगर, चैत्र २८ – बिभागीय टोली नेपाल पुलिस क्लवले चितवनको रत्ननगरमा सम्पन्न अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न फाइनल खेलमा अर्को बिभागीय टोली नेपाल आर्मीलाई पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो ।
आर्मीले पहिलो सेट आफ्नो पक्षमा पारे पनि त्यस पछीका ३ सेट लगातार गुमाए पछी पुलिस बिजेता बनेको हो ।आर्मीले पहिलो सेट २५-१८ ले जितेको थियो । तर त्यस पछी पुलिस खेलमा फर्कियो । दोस्रो सेटपुलिसले २५–२३ ले आफ्नो पक्षमा बनायो । यस्तै तेश्रोमा २५–१८ र चौथो सेट २५–११ जित्दै पुलिसले उपाधी कब्जा गरेको हो ।
उपाधी विजेता नेपाल पुलिसले ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजार रुपैयाँमा चित्त प्राप्त गरेको छ ।उपाधी बिजेता पुलिसका रविन चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । नेपाल आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाईकर, पुलिसका हेमबहादुर मगर उत्कृष्ट सेटर, पुलिसका भीम गाहा मगर उत्कृष्ट डिफेन्डर, आर्मीका हरि अधिकारी उत्कृष्ट व्लकर र पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भएको प्रतियोगिता संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए ।


