लिभरपुलद्वारा पोर्टो पराजित

एटुजेड समाचार

चैत्र २७ – युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल बिजयी भएको छ । गए राती घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई २-० ले पराजित गर्‍यो ।

पोर्टो माथि शुरुवात देखी नै दबाब बनाएको लिभरपुललाई जिताउन नबी केइटा र रोबेर्टो फिर्मिनोले गोल गरे । दुबै गोल पहिलो हाफमा भएको थियो । खेलको पाँचौ मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो । उसका लागि केइटाले शुरुवाती गोल गरे । उनले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

२६ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनायो । पहिलो गोलका लागि असिस्ट गरेका फिर्मिनोले लिभरपुलका लागि दोस्रो गोल गरे । उनले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । बाँकी समयमा दुबै तर्फबाट थप गोल हुन सकेन र लिभरपुल २-० ले बिजयी भयो ।

जित सँगै लिभरपुलको सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । उता पोर्टोलाई कमब्याक गर्न दोस्रो लेग कम्तीमा पनि ३-० ले जित्न पर्ने हुन्छ । दोस्रो लेग अर्को साता पोर्टोको घरेलु मैदानमा हुनेछ ।(एजेन्सी)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु