घरेलु मैदानमा टोटेनह्यामले सिटीलाई हरायो

एटुजेड समाचार

चैत्र २७ (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्याचेस्टर सिटी पराजित भएको छ । गए राती भएको पहिलो लेगमा सिटी टोटेनह्याम हट्सपर सँग १-० ले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामलाई जिताउन सन ह्युङ मिनले गोल गरे । त्यस अघी पहिलो हाफमा सिटी अग्रता लिन बाट चुकेको थियो । ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर रेफ्रीले सिटीलाई पेनाल्टी दिएका थिए । तर प्राप्त अवसरलाई सर्जियो अगुइरोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार टोटेनह्यामका गोल रक्षक ह्युगो लोरिस बिफल तुलाए ।

पहिलो हाफमा दुबै तर्फबाट कुनै गोल हुन सकेन । खेलमा सिटीले बल पोसेसन राम्रो बनाएको थियो तर गोल गर्न भने सकेन । खेलको ७८ औं मिनेटमा सनले टोटेनह्यामको लागि गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु