पोर्टोलाई लिभरपुलको चुनौती

चैत्र २६ – यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पोर्टो र लिभरपुल बिचको क्वाटरफाइनलको पहिलो लेग आज राती हुँदैछ। पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब लिभरपुल बिचको खेल आज राती १२:४५ बजे हुनेछ ।
घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यो सिजन लिगमा समेत उच्च प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेको लिभरपुल पोर्टो माथि हाबी हुन सक्ने अनुमान गरिएको छ ।
उता पोर्टो पनि लिभरपुललाई कडा चुनौती दिने तयारीमा रहेको छ । तर उसलाई लिभरपुल माथि हाबी हुनु त्यती सजिलो भने हुनेछैन । यद्दपी समुह चरण सँगै अन्तिम १६ को खेलहरुले उसले राम्रो प्रदर्शन गरेको थियो । सोही कारण पोर्टो उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
तपाइँको प्रतिक्रिया