च्याम्पियन्स लिग : दुई प्रिमियर लिग क्लबहरु भिड्दै

चैत्र २६ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राती दुई इंग्लिस प्रिमियर लिग क्लबहरु म्यानचेस्टर सिटी र टोटेनहम हट्स्पर आमने सामने हुँदैछ । सिटी र टोटेनह्याम बिच च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेग आज राती हुन लागेको हो । टोटेनह्यामको घरेलु मैदानमा राती १२:४५ बजे हुनेछ ।
टोटेनह्याम घरेलु मैदानको फाईदा उठाउदै सिटीलाई पराजित गर्ने दाउमा रहेको छ । उता सिटी भने टोटेनह्यामलाई उसकै घरमा स्तब्ध पार्ने योजनामा रहेको छ । यस सिजन राम्रो लयमा रहेका यि दुई प्रिमियर लिग क्लब बिचको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ ।
तपाइँको प्रतिक्रिया