लन्च भयो गो स्मार्ट, अब घरमै बसेर गर्नुहोस् ब्यापार

भरतपुर, चैत्र २६ – स्मार्ट मल्टीप्रपोज कम्पनी प्रा.लिले गो स्मार्ट सफट् डट नेट लन्च गरेको छ । ब्यापार व्यवसायलाई अनलाईन मार्फत प्रबर्दन गर्नका लागि स्मार्ट मल्टीप्रपोजले गो स्मार्ट सफट् लन्च गरेको हो ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले कम्पनीले संचालनमा ल्याएको ४ सफ्टवेयर र मल्टी भेणटर, ई कर्मश साईट सार्वजनिक गरेका थिए । श्रेष्ठले इन्टरनेटको प्रयोगकर्ता बढीरहेको अवस्थामा यस किसिमको सफट्वेयरको प्रयोग प्रभावकारी हुने बताए ।
कम्पनीका प्रवन्ध निर्देशक सविन गोदारले यो सफ्टवेयरको प्रयोग गरी जो कोहीले आफ्नी ब्यापारलाई डिजिटाइलेसन गर्न सक्ने बताएका छन् । उनले ब्यापारलाई अब डिजिटाइलेसन गर्न जरुरी रहेको भन्दै कम्पनीले त्यसको शुरुवात गरेको बताएका छन् । उत्पादन भएका नयाँ सामाग्रीहरुलाई सफ्टवेयर मार्फत प्रचार गर्न र बिक्री गर्न पनि सकिने उनले बताए ।


संसार डिजिटाइलेजन तर्फ गईरहेको बेला नेपालमा पनि ब्यापारलाई डिजिटाइलेजन गर्न जरुरी रहेको उनले बताए । यस्तै उनले नेपाल अबको ५ बर्षमा डिजिटाइलेजन तर्फ जाने विश्वास ब्यक्त गरे । उनले यो सफ्टवेयर मार्फत गुणस्तरीय सामान खरिद गर्न सक्नेमा ग्राहकहरुलाई ढुक्क हुन अनुरोध पनि गरे । उनले सुरुवाती चरणमा नयाँ बर्षको अवसर पारी ३ महिनाको लागि कम्पनीले डबल डबल धमाकाको अफर ल्याएको जानकारी गराए । निकट भविष्यमा नै नेपाल सहित भारत र अन्य केही देशहरुमा समेत आर्फ्नो संजाल फैलाउने योजना रहेको उनले बताए ।
तपाइँको प्रतिक्रिया