हाजार्ड नायक बन्दा चेल्सी तेस्रो स्थानमा

चैत्र २६ – इडेन हाजार्ड नायक बन्दा चेल्सी वेस्टह्यामलाई हराउदै इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत गए राती घरेलु मैदानमा भएको खेलमा चेल्सी २-० ले बिजयी भयो । चेल्सीको जितमा दुबै गोल हाजार्डले गरे ।
घरेलु मैदानमा चेल्सीले २४ औं मिनेटमा हाजार्डको गोलबाट शुरुवाती अग्रता लिएको थियो । उनले मैदानको मध्यभागबाट एकल प्रयासमा पाहुना टोलीका खेलाडीहरुलाई बिट गराउदै उत्कृष्ट गोल गरे । खेलको अन्तिम मिनेटमा रोस बार्कलीको पासमा हाजार्डले ब्यक्तिगत दोस्रो गोल गरेपछी चेल्सी २-० ले बिजयी ।
जित पछी चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३३ खेलबाट ६६ अंक भएको छ । यो जितले चेल्सीका लागि अर्को सिजनको च्याम्पियन्स लिगको बाटो पनि सजिलो बनेको छ । उता वेस्टह्याम भने समान खेलबाट ४२ अंकका साथ ११ औं स्थानमा रहेको छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया