पन्जाबद्वारा हैदराबाद पराजित

चैत्र २६ – इन्डियन प्रिमियर लिग(आईपीएल) मा किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा पन्जाबले हैदराबादलाई ६ विकेटले पराजित गर्यो ।
मोहालीमा हैदराबादले दिएको १५१ रनको लक्ष्य पन्जाबले १ बल हुँदा ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा ओपनर के एल राहुल र मयंक अग्रवाले अर्धसतकिय पारी खेले । राहुलले ५३ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ७१ रन बनाए । यस्तै मयंकले ४३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ५५ रन बनाए । क्रिस गेल १६ रन बनाएर पेभिलियन फर्किए । हैदराबादका लागि सन्दिप शर्माले २ तथा रशिद खान र सिद्दार्थ कौलले १-१ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५० रन बनाएको थियो । उसका लागि ओपनर डेभिड वार्नरले अर्धसतकिय पारी खेले । वार्नरले ६२ बलमा ६ चौक्का र १ छक्का प्रहार गरे । यस्तै विजय शंकर २६ रन बनाएर आउट भए भने मोहम्मद नाबी १२ तथा मनिष पाण्डे १९ रन बनाएर आउट भए । दिपक होडा १४ रनमा नट आउट रहे । पन्जाबका मुजिब उर रहमान, मोहम्मद शामी र रबिचन्द्रन आश्विनले समान १-१ विकेट लिए ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया