राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् ।

राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका छन् ।राप्रपाको आठौं महाधिवेशनमा मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने शाहीले अनलाइनखबरसँग बताए । ‘अध्यक्ष पदमा उठ्ने हो । १/२ दिनमा अध्यक्षमा उठ्ने औपचारिक घोषणा गर्नेछु,’ उनले भने ।

राप्रपाको विद्यमान विधानको व्यवस्था अनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल अनिवार्य पदाधिकारी हुनुपर्दछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु