दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी

एटुजेड समाचार

काठमाडौं – सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि पहिलो सुनुवाइ हुने भएको छ ।

यसअघि हिजो पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो । कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको गृहमन्त्रालयले दाबी गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु