जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? अपनाउनु यि घरेलु उपाय

एटुजेड समाचार

जाडो महिनाको सुरुवातसङ्गै बिभिन्न समस्याहरु देखा पर्ने गर्छन् जस मध्य ओठ फुट्ने समस्या पनि एक हो । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ जसले गर्दा यस्तो समस्याबाट बच्न बिविन्न उपायहरु अपनाउन सकिन्छ ।

यस्तो समस्याबाट बच्न जाडोमा सकेसम्म दिनहु बदामका साथै सुन्तला जस्ता खाने कुराहरु खानु पर्छ । चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्न बाट बच्न सकिनुका साथै लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

त्यस्तै ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी गर्नुहुदैन । यसरी हेरचाह गर्दा गर्दै पनि ओठ फुटेमा छाला चिकित्सक कहाँ गएर जाच गराउनुपर्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु