चाडपर्वपछि बिग्रिएको खानपानको बानी कसरी सुधार्ने?

एटुजेड समाचार

चाडपर्वका बेला मिठाई, मासु, चिल्लो, पिरो तथा विभिन्न परिकारको सेवन बढी हुन्छ। साथै, खानपानको समय र दैनिक दिनचर्यामा पनि परिवर्तन आउने गर्छ। त्यसैले चाडपर्व सकिएपछि आफ्नो खानपान र जीवनशैलीलाई पुनः व्यवस्थित बनाउनु आवश्यक हुन्छ।

स्वस्थ रहन चाडपर्वपछि यी पाँच कुरामा ध्यान दिनुहोस्।

पहिलो – सन्तुलित आहार खानुहोस्।

दैनिक खानामा सागसब्जी, फलफूल, दाल, गेडागुडी तथा पर्याप्त प्रोटिन समावेश गर्नुहोस्। धेरै चिल्लो, पिरो र गुलियो खानेकुराको सेवन कम गर्नुहोस्।

दोस्रो – खानपानको नियमित समय मिलाउनुहोस्।

बिहानको खाना, दिउँसोको खाना र रातिको खाना सकेसम्म निश्चित समयमा खाने बानी बसाल्नुहोस्। लामो समय भोकै बस्ने वा एकैपटक धेरै खाने बानी त्याग्नुहोस्।

तेस्रो – पर्याप्त पानी पिउनुहोस्।

शरीरलाई आवश्यक मात्रामा पानी पिउनुहोस्। गुलिया पेय पदार्थ तथा अत्यधिक चिनी भएका जुसको सट्टा स्वच्छ पानीलाई प्राथमिकता दिनुहोस्।

चौथो – शारीरिक सक्रियता बढाउनुहोस्।

दैनिक हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने र आफ्नो क्षमताअनुसार शारीरिक गतिविधिमा सहभागी हुने बानी बसाल्नुहोस्।

पाँचौँ – पर्याप्त निद्रा लिनुहोस्।

नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस्। पर्याप्त निद्राले शरीरलाई स्वस्थ राख्न र दैनिक काममा सक्रिय रहन सहयोग गर्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु