सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

एटुजेड समाचार

काठमाडौं –  शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको मूल्य ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८१० रुपैयाँमा कायम भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु