इनर व्हिल क्लब अफ भरतपुर डिभाइनद्वारा श्री आधारभूत विद्यालयमा तीनदिने ‘आर्ट एक्सेल’ कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन – इनर व्हिल क्लब अफ भरतपुर डिभाइनले भरतपुर महानगरपालिका–११, शरणपुरस्थित श्री आधारभूत विद्यालयमा आयोजना गरेको तीनदिने ‘आर्ट एक्सेल’ (सचेतना) कार्यक्रम सम्पन्न भएको छ ।

२०८३ साल कात्तिक १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालयका ५० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास तथा जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

क्लबकी अध्यक्ष नारायणदेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट सुनिता प्रधान पिया प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक भुवानी प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ तथा समितिका पूर्वअध्यक्ष मिना गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा ‘द आर्ट अफ लिभिङ’ की प्रशिक्षक भगवती पाण्डेले विद्यार्थीहरूलाई प्रशिक्षण दिएकी थिइन् । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न सचेतनामूलक तथा जीवनोपयोगी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

विद्यार्थीहरूको व्यक्तित्व विकास, सकारात्मक सोचको प्रवर्द्धन तथा आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको क्लबले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु