काठमाडौं – एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मंगलबार भारी वर्षा भएको छ। चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मंगलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो।
त्यसबेला आँधीको अधिकतम हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर थियो। चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।


