भरतपुर – चितवनको भरतपुर महानगरपालिका–७ स्थित श्रीकृष्ण मन्दिर टोलमा आयोजित स्तन क्यान्सर परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ। शिविरमा ११७ जना महिलाले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा लिएका छन्।
चितवन मेडिकल कलेज (सीएमसी) को प्राविधिक सहयोगमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सक डा. सङ्गीता थापाको नेतृत्वमा आएको १३ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।
टोल विकास संस्थाका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–७ की वडा सदस्य अमृता गौतम प्रमुख अतिथि तथा वडा सदस्य रिता दर्जी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
शिविर आयोजक श्रीकृष्ण मन्दिर टोल र श्रीकृष्ण आमा समूहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चितवन मेडिकल कलेज परिवार, स्वास्थ्यकर्मी, युवा तथा बाल समूह, स्वयंसेवक र मन्दिर परिवारलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन्।


