यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एटुजेड समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४० पैसा निर्धारण हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यसैगरी, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु