सुनचाँदीकै मूल्यमा वृद्धि

एटुजेड समाचार

काठमाडौं  – स्थानीय बजारमा आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य प्रतितोला सुन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४४० रुपैयाँमा कायम भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु