रूम फ्रेशनरले कोठामा मिठो गन्ध दिन्छ, तर यसको प्रयोगसँगै केही रासायनिक पदार्थ हावामा मिसिन सक्छन्। यसको असर उत्पादन, मात्रा, प्रयोग अवधि र कोठाको भेन्टिलेसनमा निर्भर हुन्छ।
२. फ्रेशनरमा के हुन्छ?
स्प्रे, प्लग-इन, अटोमेटिक स्प्रे रिड डिफ्युजर तथा एयर फ्रेसनरमा सुगन्धित रसायन, सोल्भेन्ट, तेल तथा अन्य मिश्रित पदार्थहरू हुन सक्छन्। ‘नेचुरल’ वा ‘अर्गानिक’ लेखिएको उत्पादन पनि सधैँ हानिरहित हुन्छ भन्ने छैन।
३. सुगन्धसँगै प्रदूषक पनि
फ्रेसनरबाट निस्किएका केही सुगन्धित रसायन घरभित्रको ओजोनसँग प्रतिक्रिया गर्न सक्छन्। यस्तो प्रतिक्रियाबाट फर्माल्डिहाइड, सूक्ष्म कण र अन्य द्वितीयक प्रदूषक बन्ने सम्भावना हुन्छ।
१. बालबालिकाबाट टाढा राख्नुहोस्
लिक्विड रिफिल, रिड डिफ्युजर, जेल तथा फ्रेग्रेन्स बिड्स बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ। यस्ता पदार्थ निल्दा वा आँखामा परेमा स्वास्थ्य समस्या हुन सक्छ। प्रयोगपछि बोतल राम्ररी बन्द गर्नुहोस्।
२. दुर्गन्धको स्रोत हटाउनुहोस्
फ्रेसनरले दुर्गन्धको कारण हटाउनुभन्दा धेरैजसो त्यसलाई अर्को सुगन्धले ढाक्छ। त्यसैले, फोहोर, बासी खाना, दुसी वा ओसिलो कपडाजस्ता स्रोत हटाउनुहोस्। समस्या देखिए फ्रेसनर प्रयोग रोक्नुहोस्।
३. प्रयोग गर्दा के गर्ने?
रुम फ्रेसनर कम मात्रामा प्रयोग गर्नुहोस्। एयरोसोललाई आगोबाट टाढा राख्नुहोस् र स्प्रे गरेपछि झ्यालढोका खोलेर हावा आवतजावत गराउनुहोस्। फ्ल्यागमा उल्लेखित निर्देशनअनुसार प्रयोग गर्नुहोस्।


