काठमाडौँ – दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन लागेका छन् ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।दसैँको अग्रिम टिकट बुकिङका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको छ ।


