बिना बिल मोबाइल बिक्री गरेको आरोपमा चितवनका व्यवसायी पक्राउ, ५८ मोबाइल बरामद

एटुजेड समाचार

चितवन – चितवनमा बिना बिल बिजकका मोबाइल बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हिजो (आइतवार) भरतपुर १० बस्ने ४१ बर्षिय दिपक प्रसाईलाई नियन्त्रणमा लिएको हो ।

उनले भरतपुर–१ र १० नम्बर वडामा सञ्चालन गरेको दिपक मोबाइल पसलमा बिल बिजक बिनाको मोबाइल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर–१० स्थित हाकिमचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।

उनले सञ्चालन गरेको पसलबाट विभिन्न सिरिजका एप्पल कम्पनीका आइफोन ५० थान, सामसुङ्ग कम्पनीका मोबाइल ४ थान, रेडमी कम्पनीका मोबाइल २ थान, एप्पल कम्पनीको आइप्याड १ थान र भिभो कम्पनीको मोबाइल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक चन्द्रभुसन यादवले जानकारी दिए । पक्राउ परेको प्रसाइलाई मोबाइल सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु