वेत्रावतीमा बेलिब्रिज जडान तीव्र, पाँच दिनभित्र सक्ने लक्ष्य

एटुजेड समाचार

रसुवा। रसुवाको वेत्रावतीमा बेलिब्रिज जडानको काम जारी रहेको छ। अबको पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएको छ।

बाढीका कारण टुटेको सडक सम्पर्क दसैँअघि पुनः जोड्ने लक्ष्यअनुसार काम अघि बढाइएको र गल्छीदेखि वेत्रावतीसम्म अस्थायी सडक खोल्ने काम यसअघि नै सम्पन्न भइसकेको उनले बताएका छन्।

बेलिब्रिज जडान सम्पन्न भएपछि गल्छी–वेत्रावती हुँदै रसुवाको धुन्चे र स्याफ्रुबेँसीसम्म यातायात सञ्चालनमा आउने मन्त्री लम्सालले जानकारी दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु