चाडबाडमा इन्धनको मूल्य नबढाउनुस्, गाडी भाडा पनि बढाउँदैनौँ : व्यवसायी

एटुजेड समाचार

काठमाडौं – चाडबाडको समयमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले इन्धनको मूल्य नबढाए यातायात व्यवसायीले पनि गाडी भाडा वृद्धि नगर्ने बताएका हुन् ।

पूर्वाधार विकास समिति बैठकमा बोल्दै सिटौलाले चाडबाडको समयमा यात्रुलाई सहज यात्रा गराउन सरकारले पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्नुपर्ने बताए। उनका अनुसार, अहिलेको इन्धन मूल्य कायम रहे आफूहरू मेचीदेखि महाकालीसम्म यात्रुलाई पुरानै भाडामा यात्रा गराउन तयार छन्।

तर इन्धनको मूल्य बढेमा भने गाडी सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ। चाडबाडमा यात्रु एकतर्फी बढी हुने भएकाले व्यवसायीको अवस्था पनि बुझ्न उनले आग्रह गरेका छन्। उनले यातायात व्यवसाय मौसमी नभएको र गाडी सञ्चालनमा हुने खर्चअनुसार अपेक्षित नाफा नहुने समेत बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु