नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

एटुजेड समाचार

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा कुल १ हजार ३ सय ३५ मतदाता रहेकामा १ हजार २ सय ३२ मत खसेको थियो। न्यौपानेले ६ सय ६८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४ सय १३ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी कृष्णविलास अधिकारीले १ सय ५९ मत पाए।

त्यस्तै, उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन्। तिवारीले ७ सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रेशमबहादुर देउजाले ४ सय ७७ मत पाए। सचिव पदमा युवा उम्मेदवार सुमित पराजुलीले ७ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी रामजी पौडेलले ४ सय ३६ मत प्राप्त गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु