बीपी क्यान्सर अस्पतालमा ६ नयाँ सदस्य नियुक्त

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला प्रतिस्पर्धाबाट चिकित्सकहरूतर्फबाट ४ जना र समाजसेवीतर्फबाट २ जना गरी रिक्त ६ जना सदस्यहरूलाई नियुक्त गरेको हो।

मन्त्रालय स्रोतका अनुसार चिकित्सकहरूतर्फ डा सुरेन्द्र गौचन, डा शान्ति भुर्तेल, डा दीपेन्द्र दास र डा रमिला शिल्पकार सदस्यमा नियुक्त भएका छन्। त्यसैगरी, समाजसेवीतर्फ डिल्लीराम भण्डारी र इशा प्रधान सदस्यमा नियुक्त भएका छन्।

यसअघि मन्त्रालयले यी पदहरूमा मनोनयन तथा नियुक्तिका लागि रोस्टर सूचीमा सूचिकृत हुन आवेदन दिएका उम्मेदवारहरूको अन्तर्वार्ता प्रक्रिया अगाडि बढाएको थियो। सोही खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट अस्पतालको ऐनअनुसार रिक्त सदस्य पदहरूमा उनीहरूलाई नियुक्त गरिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु