काठमाडौँ – संघीय संसद्, प्रतिनिधि सभाको शून्य समय र आकस्मिक समयमा बोल्नका लागि सदस्यहरूले आफ्नो नाम दर्ता गराएका छन्।संसद् सचिवालयले सार्वजनिक गरेको ‘समूह २’ को सूचीअनुसार शून्य समयमा आफ्नो धारणा राख्नका लागि विभिन्न दलका सांसदहरूको नामावली सभामुख डोलप्रसाद अर्यालको सचिवालयले सार्वजनिक गरेको छ ।
आकस्मिक समयमा युवराज दुलाल, क्रान्तिशीखा धिताल, आशिका तामाङ, सोम शर्मा, बलावती शर्मा, रमेशकुमार मल्ल, आशिष गजुरेल, कुलभक्त शाक्य र आरेल राईले अभिव्यक्ति दिन नाम टिपाएको सभामुखको सचिवालयले जनाएको छ ।संसद्को नियमअनुसार सांसदहरूले जनसरोकारका विषय, समसामयिक राजनीतिक घटनाक्रम र आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू संसद्मा उठाउन सुन्य समयमा उठाउने गर्छन् ।
शून्य समयमा जगत प्रसाद जोशी, टीका संग्रौला, टुकमद्र हमाल, ताहिर अली भाट, तोसिमा कार्की, तौफिक अहमद खान,दिपकराज वोहरा, धनेन्द्र कार्की, नरेन्द्र साह कलवार, नितिमा भण्डारी (कार्की), निराशा चौधरी डगौरा, निशा डाँगी, पुष्पा कुमारी चौधरी, प्रकाश गौतम, प्रदीप बिष्ट, प्रशान्त उप्रेती, बदन कुमार भण्डारीलगायतले बोल्दैछन् ।


