आज हरिपरिवर्तिनी एकादशी, यस्तो छ धार्मिक विश्वास

एटुजेड समाचार

काठमाडौं। सनातन धर्मावलम्बीहरूले आज भाद्र शुक्ल पक्षको एकादशी तिथिका अवसरमा हरिपरिवर्तिनी एकादशी मनाउँदै छन्। यस एकादशीलाई वामन एकादशी वा जयन्ती एकादशीका रूपमा पनि चिनिन्छ।

धार्मिक विश्वासअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान विष्णुले आजको दिन कोल्टे फेर्ने गर्छन्। सोही पौराणिक मान्यताका आधारमा यस तिथिलाई ‘हरिपरिवर्तिनी एकादशी’ भनिएको हो।

यस दिन निष्ठापूर्वक व्रत बस्नाले जीवनभरका सम्पूर्ण पाप नाश भई अक्षय पुण्य फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। एकादशीका अवसरमा आज बिहानै पवित्र नदी वा जलाशयमा स्नान गरी भगवान विष्णु (हृषिकेश) को पूजा, आराधना र कथा श्रवण गर्ने गरिन्छ। श्रद्धालुहरूले आजको दिन फलाहार वा निराहार व्रत बसेर भगवानको भक्तिमा समय बिताउने गर्छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु