आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइयो

एटुजेड समाचार

काठमाडौँ : सत्तारुढ रास्वपा सांसद खगेन्द्र सुनारले गत शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) विरुद्ध दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरीका महानिरीक्षक कार्कीबारे व्यक्त गरिएका केही शब्द रेकर्डबाट हटाएको जानकारी दिए। प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका हुन्।

‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु